दफा
पारस्परिक कानूनी सहायता वापतको शुल्क वा दस्तुर भुक्तानी लिने प्रकृया

(१) कुनै विदेशी राज्यबाट पारस्परिक कानूनी सहायताको लागि अनुरोध प्राप्त भएको र त्यस्तो अनुरोध उपर अध्यादेशको दफा २७ बमोजिम केन्द्रीय अधिकारीले गरेको जाँचबुझबाट पारस्परिक कानूनी सहायता उपलब्ध गराउने निर्णय भएकोमा सो वापत कुनै शुल्क वा दस्तुर लाग्ने रहेछ भने पारस्परिकतालाई समेत मध्यनजर गरी सोको जानकारी केन्द्रीय अधिकारीले सम्बन्धित विदेशी राज्यलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पारस्परिक कानूनी सहायता उपलब्ध गराउँदा लाग्ने शुल्क वा दस्तुर सम्बन्धित विदेशी राज्यबाट प्राप्त हुन ढिलाई भएको अवस्थामा केन्द्रीय अधिकारीले सो वापतको शुल्क वा दस्तुर व्यहोेरी पारस्परिक कानूनी सहायता सम्बन्धी कारवाहीलाई तत्काल अघि बढाउनु पर्नेछ ।
(३) पारस्परिक कानूनी सहायता उपलब्ध गराउँदा लाग्ने शुल्क वा दस्तुर वा उपनियम (२) बमोजिम केन्द्रीय अधिकारीले व्यहोरेको शुल्क वा दस्तुरको सोधभर्ना
सम्बन्धित विदेशी राज्यले केन्द्रीय अधिकारीले तोकेको बैंक खातामा पठाउनु पर्नेछ ।